कविता – घडियालको जन्मदिन

गिन्नी, केक ल्याउँदै नल्याउनूयसपालि घडियाल अघाएको छ दसकौंसम्मयसले कीरा, माछा, भ्यागुता र छेपाराहरू खायोवर्षौँसम्म मान्छेहरू पनि खायोपछि के भयो कुन्नीयसलाई कीरा, माछा, भ्यागुता र छेपाराहरू गन्हाउन थालेमान्छेहरू पनि साह्रै घिन लाग्न थाले त्यसपछि घडियालले स्यालको सुकुटी अड्कल्योबाघको बोसो पनि अड्कल्योकस्तुरीका करङ र हात्तीका हड्डी पनिधुलो धुलो पार्‍योजलभित्रका र जलबाहिरका सबै जीवहरू चाख्दा पनिजिब्रामा स्वाद नपरेपछिघडियाल शाकाहारी बनेको‘थ्यो। केही वर्ष यसलेजुम्ली… Read More »कविता – घडियालको जन्मदिन

कविता – तिम्रो याद आउँदैन !

कविता तिम्रो याद आउँदैन ! मिमराज तिम्रो याद आउँदैन ! म यात्रामा भएको बेला तिम्रो याद आउँदैन । किनकि, म भेट्छु– बहिनी जस्ता पुष्प वृक्ष, छोरी जस्ता सुनगाभा, आमा जस्ता बुट्यान, बुवा जस्ता रुख, उदास हजुरआमा जस्तो खोला, र उदार हजुरबा जस्तो माटो । म किताब पढेको बेला तिम्रो याद आउँदैन । किनकि, किताबले लैजान्छ मलाई– म नगएको ठाउँ, म… Read More »कविता – तिम्रो याद आउँदैन !

Karnali rafting: next stage of Joy!

यस कर्णालीले हामीलाई सुन्दरता मात्र दिएको थियो । वर्खामा काठ ल्याउँथ्यो; दाउरा बनाउँथ्यौँ–हिउँदमा हेरी चित्त बुझाउनु मात्र थियो । यत्रो नदी छेउ मै छ–खेतहरुमा खडेरी छ ।यत्रो नदी छेउ मै छ–बस्तीहरु अन्धकार छन् । कसैका छोराछोरी बगाएर आमाहरुमा आँशु ल्याउँछ ।कसैका खेत बारी बगाएकार पिडा पुर्‍याउँछ ।कर्णाली बग्छ– तर हाम्रा दुःख बगाउँन सक्दैन । दुःख बगाउन नसक्ने कणार्लीमा यसपटक हामी… Read More »Karnali rafting: next stage of Joy!

मेरा एघार गजल – मिमराज

बाजुराबाट काठमाडौँ आएपछीको समयमा केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे…
कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो । एक लहट चल्यो– रेकर्ड गरेर सबैलाई सुन्न र हेर्न मिल्ने बनाऊँ भन्ने,
भिडियो तयार गर्न कमलराज पाण्डे (दाजु) र सन्तोष दवाडी (सर) बाट सहयोग पाएँ– दुबैलाई धन्यवाद !

तिहार

आयो तिहार सबतिर आयो

घर आँगनभरी पुष्प बसायो

शुभकामनाका सन्देश बोकी

देउसी-भैलो खेल्दै पवन आयो

बाइ, ह्याभ–अ–गुड्–टाइम्

पण्डित खुला थियो र खाली थियो– उसका बिरासित बोल्ने विषय नै हुदैनथे । बिरा भरिएकी थिई । तर खुल्न सक्दीनथी ।
यस्तो
धेरै पटक भयो…
पण्डितले उसका निमित्त जे जति काम गरी दियो ती सबै बिराका भेट्ने बहाना मात्र थिए भन्ने
उसले बुझेकै थिएन । जब बुझ्यो कलेज पनि सकियो । बिरा पनि तन्काएर छाडेको गुलेलीको
मट्यांग्रा बनी सकी ।

“बाइ, शुभ समय!” उसले बिराको फोन सम्झियो ।

म, मेरा बा र बा’को रेडियो

डाँडामा बादल बेरिँदा र खोलामा हुरी थुनीदा समेत बा रेडियो सुन्थे ।छिमेक मस्त निदाइसक्दासम्म पनि बाको रेडियो सुतेको हुँदैन‘थ्यो । बिहान आमा नबिउँझेकै बा‘को रेडियो उठिसकेको हुन्थ्यो ।बा यति धेरै रेडियो प्रेमी कसरी थिए, थाहा पाइनँ ।बा पछि घरमा रेडियो सुन्ने म थिएँ । भारतबाट कमाइ घर फर्किदा बेलाबेला बा‘ले ल्याउने गरेका ५/७ ओटा रेडियो मैले बिगारिदिएको थिएँ । रेडियोका… Read More »म, मेरा बा र बा’को रेडियो

नढलेको स्कूल र नउठेका विद्यार्थी

केहि आठ, केहि दश र केही बाह्र वर्ष हुदै विद्यालय हाता भित्रका रुखहरु ढले । पन्ध्र, अठार र बीसका हुँदै यहाँको पाखो र खेत जोतेका गोरुहरु ढले । मओवादी जनयुद्धसँगै छुवाछुत र छाउपडी ढल्यो । जाँड, रक्सी र जुवा–तास बन्द भयो । छोरीले पढ्नु हुदैन र पढाउनु पनि हुदैन भन्नेहरुको कुबुद्धी ढल्यो । स्कूलको धूपीको छानो खाने धमिराहरु पनि ढले,… Read More »नढलेको स्कूल र नउठेका विद्यार्थी

उल्लास विहीन नव वर्ष

दुनीयाँ आज २०७३ साललाई विदाई गर्दैछ । अनि चौहत्तर साललाई अधिक हर्ष र उल्लसका साथ नववर्षको रुपमा स्वागत गर्दैछ । बितेका ३ सय पैँसठ्ठी दिन उदासिन बनेकाहरुको अनुहारमा समेत उमङ्गको नवीन चमक बढ्दैछ, नव वर्षको आगमनले । भित्रेपात्रोहरुले पनि प्रत्येक सालहरु झैँ जीवन फेर्दैछन् । रंगिदैछन् फेसबुक र ट्वीटरका भित्ताहरु, पत्र–पत्रिकाका पानाहरु; शुभकामना र शुभेक्षाले । तर, मेरा आशाका मञ्जरीहरुमा… Read More »उल्लास विहीन नव वर्ष

आमा! तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, हगी ?

आमा, तिमीले सिकाएको भाषा र गुरुले दिएको दिक्षा दुवै उपयोगमा आएका छैनन् ।  सानोमा बाले हात समातेर ढुङ्गाको सिलौटामा माटोको चकले लेख्न सिकाएका बाह्रखरीको मात्रै आजसम्म साथ पाइरहेको छु । अनि कोइलाले घरको भुई कोर्दै चिनाएका देवनागरी लिपीका अंकहरुपनि बढिजसो प्रयोगमा आएनन् । बरु हिन्दु अरेबिक लीपीका अंकहरु चाहिँ बढी चाहिए, आजसम्म । तिमीले सिकाएको भाषा त तिम्रो र मावली… Read More »आमा! तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, हगी ?