Read Time:1 Minute, 13 Second

यस कर्णालीले हामीलाई सुन्दरता मात्र दिएको थियो । वर्खामा काठ ल्याउँथ्यो; दाउरा बनाउँथ्यौँ–
हिउँदमा हेरी चित्त बुझाउनु मात्र थियो ।

यत्रो नदी छेउ मै छ–
खेतहरुमा खडेरी छ ।
यत्रो नदी छेउ मै छ–
बस्तीहरु अन्धकार छन् ।

कसैका छोराछोरी बगाएर आमाहरुमा आँशु ल्याउँछ ।
कसैका खेत बारी बगाएकार पिडा पुर्‍याउँछ ।
कर्णाली बग्छ– तर हाम्रा दुःख बगाउँन सक्दैन ।

दुःख बगाउन नसक्ने कणार्लीमा यसपटक हामी बग्यौँ ।

YouTube player

_ _ _
यस भिडियोमा बाजुराको हिमाली गाउँपालिका स्थित धुलाचौर बाट स्वामीकार्तिक खापर गाउँपालिकाको पिलुचौरसम्म गरिएको (कर्णाली र्‍याफ्टिङ) जलयात्राको अनुभूति समावेश छ ।
जलयात्राका दौरान देखिएका दृष्यहरु र जलयात्रीका प्रतिकृयाहरु हेर्नुस् मज्जा लिनुस् ।
यहाँ पुग्ने मेसो मिल्यो भने कर्णालीमा र्‍याफ्टिङ जरुर गर्नु होला !

YouTube player

Mimraj Pandeya

TV Journalist | Multimedia Producer, Storyteller, Scriptwriter, English-Nepali-English Translator, loves Poetry Recitation.