सौँरा बज्जूको कथा
एक्लो ज्यान, सानो घर र थोरै सम्पत्तिको कत्रो माया हो, कत्रो चिन्ता हो यिनलाई ?
उनको खटाइ देखी म मोहित थिएँ ।
लाग्थ्यो– सौँरा सानैदेखि यस्तै थिइन होला त ?
अनि, उनी आउँदा यो गाउँ कस्तो थियो होला ?
उनी कसरी भिज्दै गइहोलिन् यस गाउँमा ?
उनको आँखाले यो गाउँ कस्तो देखिन्छ, आजकल ?
यस्ता प्रश्नले धेरै पहिलेदेखि घोचिरहेका थिए । यसपालि सोध्ने र सुन्ने मौका पाएँ ।
सन्तोष मिल्यो ।