कविता – चम्चालाई भोट

चम्चा तिम्रो हातमा थियोथाली तिम्रै भुइँमा थियोडाडु, पन्युँ, ताउलो र ताप्केतिम्रो भान्छामा थियोतर पोहोरको चुनावमातिमीले चम्चा रोज्यौ। तिमीले चम्चा रोज्यौकिनकि थालको मासुभातरसिलो रसबरीर कचौराको लालमोहनभर्खर तिम्लाई चम्चाले चखाएको’थ्यो। क्षणिक चम्चे स्वादमा …

पूरा पढ्नुहोस्

कविता – घडियालको जन्मदिन

गिन्नी, केक ल्याउँदै नल्याउनूयसपालि घडियाल अघाएको छ दसकौंसम्मयसले कीरा, माछा, भ्यागुता र छेपाराहरू खायोवर्षौँसम्म मान्छेहरू पनि खायोपछि के भयो कुन्नीयसलाई कीरा, माछा, भ्यागुता र छेपाराहरू गन्हाउन थालेमान्छेहरू पनि साह्रै घिन …

पूरा पढ्नुहोस्

मेरा एघार गजल – मिमराज

बाजुराबाट काठमाडौँ आएपछीको समयमा केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे…
कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो । एक लहट चल्यो– रेकर्ड गरेर सबैलाई सुन्न र हेर्न मिल्ने बनाऊँ भन्ने,
भिडियो तयार गर्न कमलराज पाण्डे (दाजु) र सन्तोष दवाडी (सर) बाट सहयोग पाएँ– दुबैलाई धन्यवाद !

तिहार

आयो तिहार सबतिर आयो

घर आँगनभरी पुष्प बसायो

शुभकामनाका सन्देश बोकी

देउसी-भैलो खेल्दै पवन आयो