Read Time:1 Minute, 13 Second
कविता

तिम्रो याद आउँदैन !

तिम्रो याद आउँदैन !
म यात्रामा भएको बेला तिम्रो याद आउँदैन ।
किनकि, म भेट्छु–
बहिनी जस्ता पुष्प वृक्ष,
छोरी जस्ता सुनगाभा,
आमा जस्ता बुट्यान,
बुवा जस्ता रुख,
उदास हजुरआमा जस्तो खोला, र
उदार हजुरबा जस्तो माटो ।
म किताब पढेको बेला तिम्रो याद आउँदैन ।
किनकि, किताबले लैजान्छ मलाई–
म नगएको ठाउँ,
म नभएको बस्ती,
किताबले देखाइदिन्छ–
मैले नदेखेको उज्यालो ।
तिमी र मैले आजसम्मै गर्न नसकेको रमाइलो
म किताबसँग गर्छु ।
म काममा भएका वेला पनि तिम्रो याद आउँदैन ।
किनकि, मरो भविष्यमा– म तिम्रो भविष्य देख्छु,
मरो मेहनतमा– बुवाको पसिना,
मेरो कमाइमा– आमाको आशा, र
मेरो उन्नतिमा हाम्रा सन्ततिको उज्यालो ।
यात्रा, अध्ययन र काम बाहेक अरू केही मन पर्दैन मलाई ।
तिमीलाई पनि त–
खाली खल्ती
रित्तो झोला, र
भरिएको दिमाग भएको यो मान्छे ।
कहिले पो मन पर्या‘थ्यो र ?

Mimraj Pandeya

Mimraj Pandeya is passionate about storytelling, philosophy, and personal growth. Driven by curiosity, he delves into cultures, literature, and the human experience. Always learning and striving to be genuine, Mimraj shares his knowledge with those around him. He is committed to making meaningful connections and building a strong personal brand. Above all, he values his love for Nepali poetry, family, and justice.