Read Time:30 Second

आयो तिहार सबतिर आयो
घर आँगनभरी पुष्प बसायो
शुभकामनाका सन्देश बोकी
देउसी-भैलो खेल्दै पवन आयो

अरू नचायो, आफू गीत गायो
गाँउ टोल डूली-भूली रमायो
झिलिमिली बत्ती बलेको देखी
हेर, आँगनीको दीपै रमायो

नैराश्य सबतिर आजै हरायो
हेर, प्रत्येकमा उमङ्ग छायो
जून तारा सबै-सबै दङ्ग पारी
अहो ! हेर, यो कस्तो पर्व आयो

Mimraj Pandeya

TV Journalist | Multimedia Producer, Storyteller, Scriptwriter, English-Nepali-English Translator, loves Poetry Recitation.