Skip to content

Karnali rafting: next stage of Joy!

ने१ मिनेट

Mimraj

यस कर्णालीले हामीलाई सुन्दरता मात्र दिएको थियो । वर्खामा काठ ल्याउँथ्यो; दाउरा बनाउँथ्यौँ–
हिउँदमा हेरी चित्त बुझाउनु मात्र थियो ।

यत्रो नदी छेउ मै छ–
खेतहरुमा खडेरी छ ।
यत्रो नदी छेउ मै छ–
बस्तीहरु अन्धकार छन् ।

कसैका छोराछोरी बगाएर आमाहरुमा आँशु ल्याउँछ ।
कसैका खेत बारी बगाएकार पिडा पुर्‍याउँछ ।
कर्णाली बग्छ– तर हाम्रा दुःख बगाउँन सक्दैन ।

दुःख बगाउन नसक्ने कणार्लीमा यसपटक हामी बग्यौँ ।

_ _ _
यस भिडियोमा बाजुराको हिमाली गाउँपालिका स्थित धुलाचौर बाट स्वामीकार्तिक खापर गाउँपालिकाको पिलुचौरसम्म गरिएको (कर्णाली र्‍याफ्टिङ) जलयात्राको अनुभूति समावेश छ ।
जलयात्राका दौरान देखिएका दृष्यहरु र जलयात्रीका प्रतिकृयाहरु हेर्नुस् मज्जा लिनुस् ।
यहाँ पुग्ने मेसो मिल्यो भने कर्णालीमा र्‍याफ्टिङ जरुर गर्नु होला !

One response to “Karnali rafting: next stage of Joy!”

  1. The bonuses here are legit and the registration process took me less than two minutes. Really impressed with the speed. iny7777

टिप्पणी लेख्नुहोस्

वा फेसबुकबाट साइन इन गर्नुहोस् (वैकल्पिक)