Skip to content

ने१ मिनेट

कविता

तिम्रो याद आउँदैन !


मिमराज

तिम्रो याद आउँदैन !
म यात्रामा भएको बेला तिम्रो याद आउँदैन ।
किनकि, म भेट्छु–
बहिनी जस्ता पुष्प वृक्ष,
छोरी जस्ता सुनगाभा,
आमा जस्ता बुट्यान,
बुवा जस्ता रुख,
उदास हजुरआमा जस्तो खोला, र
उदार हजुरबा जस्तो माटो ।
म किताब पढेको बेला तिम्रो याद आउँदैन ।
किनकि, किताबले लैजान्छ मलाई–
म नगएको ठाउँ,
म नभएको बस्ती,
किताबले देखाइदिन्छ–
मैले नदेखेको उज्यालो ।
तिमी र मैले आजसम्मै गर्न नसकेको रमाइलो
म किताबसँग गर्छु ।
म काममा भएका वेला पनि तिम्रो याद आउँदैन ।
किनकि, मरो भविष्यमा– म तिम्रो भविष्य देख्छु,
मरो मेहनतमा– बुवाको पसिना,
मेरो कमाइमा– आमाको आशा, र
मेरो उन्नतिमा हाम्रा सन्ततिको उज्यालो ।
यात्रा, अध्ययन र काम बाहेक अरू केही मन पर्दैन मलाई ।
तिमीलाई पनि त–
खाली खल्ती
रित्तो झोला, र
भरिएको दिमाग भएको यो मान्छे ।
कहिले पो मन पर्या‘थ्यो र ?

3 responses to “”

  1. This platform strikes the perfect balance between classic table games and modern slot mechanics. I have noticed a steady improvement in their mobile interface and the loyalty rewards keep getting better. Friendly staff and fast transaction speeds make it my go to spot for weekend fun. betcriscasino

  2. I’ve been looking for a reliable way to access my account and this site is super smooth. Everything loads fast and the login process is effortless. Highly recommend pk68viplogin for anyone who wants a hassle-free experience.

  3. Such a fun variety of games to choose from. I spent a few hours just exploring the library and everything works perfectly on my mobile. zk88game is definitely my new favorite pastime.

टिप्पणी लेख्नुहोस्

वा फेसबुकबाट साइन इन गर्नुहोस् (वैकल्पिक)