लोकसेवा टाइपिङ

परीक्षा जस्तै,
अभ्यास गर्नुहोस्।

५ मिनेट। शब्द–शब्द मिलान। २.५० अङ्कको स्कोर। अधिकृत कम्प्युटर परीक्षाको नियममै।

मेरो उत्कृष्ट गति

—
शुद्ध शब्द/मिनेट

पछिल्ला प्रयास

    Practice passages

    नेपाली Unicode

    नेपालको संविधानको प्रस्तावना

    हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै; अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।

    नेपालमा छापाखानाको सुरुवात

    नेपालमा छापाखानाको सुरुवात वि. सं. १९०८ मा तात्कालीन प्रधानमन्त्री श्री ३ जंगवहादुर राणाले बेलायतबाट ल्याएको हाते (गिद्धे ) प्रेशलाई थापाथलीमा टाइप छापाखानाको रुपमा संचालित भएबाट शुरु भएको पाईन्छ । त्यस छापाखानालाई मिति २०४५।४।५ को निर्णय अनुसार मुद्रण तथा प्रकाशन विभागको रुपमा स्थापित गरियो र मिति २०४९।५।२९ को निर्णय अनुसार मुद्रण विभागको नामबाट सरकारी नीति, नियम, ऐन, अध्यादेश, सन्धी सम्झौता, वजेट, गजेट जस्ता महत्वपूर्ण सरकारी निर्णयहरु, अन्य सरकारी दस्तावेजहरुका साथै नेपाल सरकारको सुरक्षण मुद्रणसम्बन्धी कार्यहरु र मुद्रणसम्बन्धी आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । मुद्रण विभागका उद्देश्यहरू नेपाल राजपत्रको प्रकाशन, अभिलेख तथा वितरणलाई व्यवस्थित बनाउने, नेपाल सरकारको बजेट तथा अन्य संवेदनशील तथा गोप्य छपाइ कार्य गर्ने, मुद्रणसँग सम्बन्धित मापदण्ड तयार गर्ने, मुद्रणसँग सम्बन्धित राय परामर्श सेवा प्रदान गर्ने र मुद्रण कार्यका लागि अन्य मुद्रण निकायसँग समन्वय र सहकार्य गर्ने आदि हुन् । यस विभागले हालसम्म नेपाल राजपत्रको प्रकाशन तथा वितरण गर्ने, सरकारी निकायहरुको छपाई कार्य गर्ने, मुद्रण सेवा संचालन तथा व्यवस्थापन गर्ने, मुद्रण सेवामा आवश्यक तालीमको व्यवस्था गर्ने र नेपाल सरकारको सुरक्षण मुद्रण सम्बन्धी कामहरु गर्दै आएको छ ।

    नेपालमा पत्रकारिताको इतिहास

    नेपालमा पत्रकारिताको इतिहास वि.सं. १९५५ साउनमा प्रकाशित साहित्यिक मासिक पत्रिका 'सुधासागर' बाट सुरु भएको मानिन्छ। त्यसअघि वि.सं. १९०८ मा जङ्गबहादुर राणाले बेलायतबाट 'गिद्दे प्रेस' भित्र्याएपछि देशमा मुद्रण युग प्रारम्भ भएको थियो भने वि.सं. १९५८ वैशाख २४ मा 'गोरखापत्र' साप्ताहिकको प्रकाशनसँगै नेपाली पत्रकारिताले संस्थागत रूप लियो। वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापनापछि निजी क्षेत्रको पहिलो दैनिक 'आवाज' र 'रेडियो नेपाल' को सुरुवातले नेपाली सञ्चार क्षेत्रमा नयाँ खुलापन ल्यायो। वि.सं. २०१७ देखि २०४६ सम्मको पञ्चायती कालमा कडा सरकारी नियन्त्रण रहे पनि 'रासस' र 'नेपाल टेलिभिजन' को स्थापनासँगै प्रजातन्त्र पक्षधर 'मिसन पत्रकारिता' निरन्तर सक्रिय रह्यो। वि.सं. २०४६ को बहुदलीय व्यवस्थापछि 'कान्तिपुर' जस्ता ब्रोडसिट दैनिक, 'रेडियो सगरमाथा' सहितका सामुदायिक एफएम र निजी टेलिभिजनहरूको आगमनले नेपाली मिडियालाई आधुनिक र व्यावसायिक उद्योगमा रूपान्तरण गर्‍यो। वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि समावेशी तथा नागरिक पत्रकारिताको विकाससँगै हाल अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जाल जस्ता डिजिटल माध्यमहरू नेपाली पत्रकारिताको मुख्य र प्रभावकारी प्रवाह बनेका छन्।

    परामर्श सेवा खरिदका विधि

    सार्वजनिक निकायले परामर्श सेवा खरिद गर्दा लागत, कार्यको प्रकृति र आवश्यक विशेषज्ञताका आधारमा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था गरिएका विभिन्न विधि अवलम्बन गर्न सक्छन् । तीमध्ये प्रमुख विधिहरू खुला रूपमा आशयपत्र माग गर्ने, मौजुदा सूचीमा रहेका परामर्शदाताबाट प्रस्ताव माग गर्ने, सोझै वार्ता गर्ने, सोझै खरिद गर्ने तथा विशेषज्ञता र योग्यताका आधारमा परामर्शदाता छनोट गर्ने रहेका छन्। बीस लाख रुपैयाँभन्दा बढी लागतको परामर्श सेवा खरिद गर्दा खुला रूपमा आशयपत्र माग गरी सङ्क्षिप्त सूची तयार गर्नुपर्छ र सूचीमा परेका परामर्शदाताबाट प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरी मूल्याङ्कनका आधारमा छनोट गर्नुपर्छ । बीस लाख रुपैयाँभन्दा कम लागतको सेवा खरिद गर्दा मौजुदा सूचीमा रहेका सम्भव भएसम्म छवटा र कम्तीमा तीनवटा परामर्शदाताबाट छुट्टाछुट्टै प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरी मूल्याङ्कन गर्नुपर्छ । त्यस्तै, पाँच लाख रुपैयाँसम्मको परामर्श सेवा सम्बन्धित निकायको प्रमुखले सोझै वार्ता वा मौजुदा सूचीका कम्तीमा तीन परामर्शदाताबाट प्रस्ताव माग गरी खरिद गर्न सक्छ । पाँच लाखभन्दा बढी तर बीस लाख रुपैयाँसम्मको सेवा भने एक तहमाथिको अधिकारीको स्वीकृति लिई कम्तीमा तीनवटा प्रस्तावका आधारमा गुणस्तर र मूल्यलाई समेत विचार गरी सोझै वार्ताबाट खरिद गर्न सकिन्छ। उच्चस्तरको विशेषज्ञता आवश्यक भएको, छोटो समयका लागि सेवा लिनुपर्ने, नियुक्तिका लागि समय अपर्याप्त भएको वा सीमित परामर्शदाता मात्र योग्य भएको अवस्थामा विशेषज्ञता र योग्यताका आधारमा परामर्शदाता नियुक्त गर्न सकिन्छ । त्यसैगरी, पन्ध्र करोड रुपैयाँभन्दा बढी लागतको सेवा खरिद गर्नुपर्ने, नेपालभित्र प्रतिस्पर्धात्मक मूल्यमा सेवा उपलब्ध नहुने, राष्ट्रियस्तरमा प्रस्ताव माग गर्दा कुनै प्रस्ताव प्राप्त नभएको वा दातृपक्षसँगको सम्झौताअनुसार वैदेशिक सहायताबाट खर्च व्यहोर्ने अवस्था भएमा अन्तर्राष्ट्रियस्तरमा आशयपत्र माग गर्नुपर्छ। यसरी परामर्श सेवा खरिदका विभिन्न विधिमार्फत सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय बनाई सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

    प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध

    नेपालको संविधानले सङ्घीय संसद्को व्यवस्थापकीय क्षेत्राधिकार अनुसूची-५, अनुसूची-७ र अनुसूची-९ बमोजिमको सूचीमा व्यवस्था भएबमोजिम हुने भनी उल्लेख छ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन छन् । नेपालमा कानुन निर्माण प्रक्रियामा यी दुवै सदनबिच कार्यात्मक सम्बन्ध रहने संवैधानिक प्रबन्ध छ । सङ्घीय संसद्बाट पारित हुने प्रत्येक विधेयक दुई वटै सदनमा प्रस्तुत, छलफल र पारित भई अगाडि बढ्ने गर्दछ । कतिपय अवस्थामा दुवै सदनको संयुक्त बैठकमा छलफल भई विधेयक पारित गर्ने कार्यसमेत हुने गरेको छ । कानुन निर्माण प्रक्रियामा प्रतिनिधि सभा र राष्ट्रिय सभाले संविधानले निर्धारण गरेको व्यवस्थापकीय अधिकार क्षेत्रको सम्मान गर्दै सहकार्य गर्छन् । अर्थ विधेयक प्रतिनिधि सभामा मात्र प्रस्तुत हुन्छ भने अन्य विधेयक जुनसुकै सदनमा प्रस्तुत गर्न सकिन्छ । अर्थ विधेयकमा राष्ट्रिय सभाले १५ दिनभित्र सुझावसहित फिर्ता पठाउनुपर्छ भने अन्य विधेयकमा दुई महिनाभित्र निर्णय गर्नुपर्छ । निर्धारित समयभित्र विधेयक फिर्ता नभएमा प्रतिनिधि सभाले आवश्यक प्रक्रिया अघि बढाउन सक्छ । विधेयकमा दुई सदनबीच मतभेद भएमा संवैधानिक व्यवस्थाअनुसार पुनः छलफल वा संयुक्त बैठकबाट टुङ्गो लगाउन सकिन्छ । प्रतिनिधि सभाको जनप्रतिनिधिमूलक भूमिका र राष्ट्रिय सभाको अनुभव तथा विज्ञताले कानुन निर्माणलाई जनमुखी र परिपक्व बनाउन सहयोग पुर्‍याउँछन् ।

    English

    Education and Daily Learning

    Education develops the ability to ask questions as well as the ability to remember information. A quiet place and a regular schedule can support effective study. Explaining a lesson in your own words helps you understand it more deeply. Discussion with classmates introduces different viewpoints and reveals areas that need improvement. Planning before starting a task makes it easier to identify priorities. Careful use of available resources saves both time and effort. When a problem appears, understanding its cause is more useful than blaming another person. Listening to experience and reviewing conclusions are important parts of learning. Decisions become more inclusive when everyone has an opportunity to speak. Transparency and responsibility help build trust. Daily practice requires attention and patience. Work completed carefully is often more reliable than work completed in haste. Recognising a mistake and correcting it is a sign of progress. Regular review and cooperation can improve both personal skills and public services. A small effort today supports better preparation for tomorrow. The purpose of practice is not simply to compete with other people. It also helps us understand our own progress, identify difficulties, and develop confidence through steady effort. Clear goals and consistent action make improvement possible. Keep practising.

    Environment and Community

    A clean environment is a shared need. Separating household waste can support local sanitation efforts. Protecting water sources requires cooperation among residents. Trees and open spaces help make settlements healthier and more comfortable. Small actions become meaningful when people repeat them consistently and encourage their neighbours to participate in community work. Planning before starting a task makes it easier to identify priorities. Careful use of available resources saves both time and effort. When a problem appears, understanding its cause is more useful than blaming another person. Listening to experience and reviewing conclusions are important parts of learning. Decisions become more inclusive when everyone has an opportunity to speak. Transparency and responsibility help build trust. Daily practice requires attention and patience. Work completed carefully is often more reliable than work completed in haste. Recognising a mistake and correcting it is a sign of progress. Regular review and cooperation can improve both personal skills and public services. A small effort today supports better preparation for tomorrow. The purpose of practice is not simply to compete with other people. It also helps us understand our own progress, identify difficulties, and develop confidence through steady effort. Clear goals and consistent action make improvement possible. Keep practising.

    Information and Responsible Communication

    When receiving information, it is important to check its source and publication date. Not everything shared online is accurate. Comparing a report with reliable sources before forwarding it is a responsible habit. Understanding the difference between facts and opinions reduces confusion. Respectful disagreement helps people maintain a useful and open conversation. Planning before starting a task makes it easier to identify priorities. Careful use of available resources saves both time and effort. When a problem appears, understanding its cause is more useful than blaming another person. Listening to experience and reviewing conclusions are important parts of learning. Decisions become more inclusive when everyone has an opportunity to speak. Transparency and responsibility help build trust. Daily practice requires attention and patience. Work completed carefully is often more reliable than work completed in haste. Recognising a mistake and correcting it is a sign of progress. Regular review and cooperation can improve both personal skills and public services. A small effort today supports better preparation for tomorrow. The purpose of practice is not simply to compete with other people. It also helps us understand our own progress, identify difficulties, and develop confidence through steady effort. Clear goals and consistent action make improvement possible. Keep practising.

    National News Agency (RSS)

    The National News Agency (RSS), having nationwide network, is the largest and longest serving news agency in Nepal. It was established in 2018 BS under the Rastriya Samachar Samiti Act, 2019 BS, merging two privately owned news agencies with a view to facilitating newspapers and broadcast media. With the development of news media in Nepal, subscribers of RSS have so far reached more than 350 newspapers, radios, online media, and televisions. A pool of permanent and stringer reporters scattering throughout the country file news stories, video, audio and photo every day. It has arrangements for exchange of news with the reputed Associated Press (AP) of USA, Agence France Presse (AFP) of France, Xinhua of China, Asian News International (ANI) of India, the Associated Press of Pakistan, the Qatar News Agency (QNA), among others. It is also the member of the Organization of Asia Pacific News Agencies (OANA). For over six decades, RSS has been offering authentic and comprehensive news of national affairs, governance, politics, economy, society, culture, tourism, sports, and other areas of public interest. Whether it is information-conscious readers in Kathmandu or villagers in rural Nepal, students at campuses, diplomatic missions in Kathmandu or abroad; or commercial, financial, and industrial establishments, RSS serves news, video and photos in a timely manner in the best traditions of news agency journalism, with speed, accuracy, and objectivity. RSS provides news and photo services in edit friendly format so that it would be easier to secure, copy and edit.

    Preamble to the Constitution of Nepal

    We, the Sovereign People of Nepal, Internalizing the people's sovereign right and right to autonomy and self-rule, while maintaining freedom, sovereignty, territorial integrity, national unity, independence and dignity of Nepal, Recalling the glorious history of historic people's movements, armed conflict, dedication and sacrifice undertaken by the Nepalese people at times for the interest of the nation, democracy and progressive changes, and respecting for the martyrs and disappeared and victim citizens, Ending all forms of discrimination and oppression created by the feudalistic, autocratic, centralized, unitary system of governance, Protecting and promoting social and cultural solidarity, tolerance and harmony, and unity in diversity by recognizing the multi-ethnic, multi-lingual, multi-religious, multi-cultural and diverse regional characteristics, resolving to build an egalitarian society founded on the proportional inclusive and participatory principles in order to ensure economic equality, prosperity and social justice, by eliminating discrimination based on class, caste, region, language, religion and gender and all forms of caste-based untouchability, and Being committed to socialism based on democratic norms and values including the people's competitive multiparty democratic system of governance, civil liberties, fundamental rights, human rights, adult franchise, periodic elections, full freedom of the press, and independent, impartial and competent judiciary and concept of the rule of law, and build a prosperous nation, Do hereby pass and promulgate this Constitution, through the Constituent Assembly, in order to fulfil the aspirations for sustainable peace, good governance, development and prosperity through the federal, democratic, republican, system of governance.

    अनुच्छेद छान्नुहोस्

    परीक्षाका नियम